जनताले कांग्रेस नेतृत्वमा सुधार गर्नुपर्छ भन्ने सन्देशसहित मत दिए: सिंह

369
  •  
  •  
  •  

काठमाडौं, ५ पुस (ओएनएस):  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले कांग्रेसको नेतृत्व ठिक छैन अब नेतृत्व सुधार गर्नु पर्छ भन्ने सन्देश सहितको मत दिएको बताएका छन् । प्रत्यक्षतर्फ कांग्रेसले पाएको सिट संख्या अन्त्यन्तै निरासाजनक रहेको बताएका सिंहले भने, ‘समानुपातिकमा जनताको भोट आएको छ । यसलाई आत्मसात गरेर कांग्रेसलाई सुधार गर्नेतिर लाग्नुपर्छ ।’

कांग्रेस अहिले बिरामी भएको उनको भनार्इ थियो । ‘कांग्रेस बिरामी भएको छ , यसलाई सहि उपचार गरेर नयाँ जीवन दिनुपर्छ’, सिंहले भने, ‘समयमा सुधार गर्नु जरुरी छ । यसका लागि नेतृत्व पंक्ति नै सुधार गर्नु पर्ने कुरा ओल्याएका छन् ।  एमालेले राष्ट्रपतिलाई अध्यादेश रोक्न लगाएको आरोप लगाएका छन् । नेता सिंहले उनले अर्काे प्रशङगमा कांग्रेस निर्वाचनको प्रक्रिया पु¥याएर सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् ।

काठमाडौं क्षेत्र नं १ मा बुधबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे नेता सिंहले विधि र नियम पु¥याएर कांग्रेसले संविधान अनुसार सत्ता हस्तान्तर गर्ने बताए । उनले कांग्रेसलाई अफ्ठ्यारो बनाउने बहानामा एमालेले राष्ट्रपतिलाई अध्यादेश रोक्न लगाएको आरोप लगाएका छन् ।‘कांग्रेस सत्ताका लागि लोभ गरेको छैन, सत्तामा जाने दलहरूले कांग्रेसलाई सत्ताको चार्ज लगाएका छन् । यो सबै गलत हो’, उनले भने, ‘राष्ट्रिय सभाको अध्यादेश निर्वाचन अगाडि लगेको हो । त्यसलाई राष्ट्रपतिले जारी गर्नेवित्तिकै एउटा निकास निस्कन्छ ।’

सरकारमा विनाविभागीय मन्त्री बनेर बसेका दलहरूका नेताहरूले नै कांग्रेसलाई नैतिकताको पाठ सिकाएकोमा नेता सिंहले आश्चर्य व्यक्त गरे ।‘सरकारमा विनाविभागीय मन्त्री छन्, चुनावमा जित्न पाएपछि नैतिकता र जिम्मेवारी नै भुल्छन् । त्यस्ता दलले कांग्रेसलाई नैतिकता सिकाउँछन्’, उनले भने, ‘कांग्रेस सत्तामा बस्न चाहेको छैन । विधि र प्रक्रिया पूरा हुने वित्तिकै संवैधानिक प्रक्रिया अनुसार कांग्रेसले सत्ता हस्तान्तर गर्छ । तर, राष्ट्रिय सभाको अध्यादेश जारी गर्नुपर्छ । त्यसपछि छिटो निर्वाचन हुन्छ ।’ ‘कम्युनिष्ट पार्टीहरूले भएको कुरालाई पनि ढाकछोप गर्छन्’, नेता सिंहल भने, ‘संघीय संसद नआइकन सरकार गठन हुन सक्छ कि सक्दैन ? विवाह नगरी बच्चा जन्मिन्छ भन्नु जस्तै हो संसदविनै एमालेले सरकार बनाउँछु भन्नु । कांग्रेसले सत्ता छाड्न चाहन्छ । खेलको नियम सबैले मान्नु पर्छ ।’

सत्ताको नेतृत्व गर्नेहरूले राजनीतिक र संवैधानिक संस्कारलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो । कम्युनिष्टहरुले ‘आफै अबरोध गर्ने अनि कांग्रेसलाई दोष दिन निमिल्ने बताएका छन् ।


  •  
  •  
  •