प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड दिने अन्तिम तयारी :  उपप्रधानमन्त्री सिंह

97
  •  
  •  
  •  

काठमाडौं, असार २४ (ओएनएस) । उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहनाअनुसार काम गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाद्वारा मंगलबार राजधानीमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन क्षेत्र विकाश कार्यक्रम अन्तर्गत प्रत्येक क्षेत्रलाई पाँच करोड उपलब्ध गराउन नेपाली कांग्रेस लागेको र यसका लागि प्रत्येक सभासद्हरुसँग कुरा भइरहेको बताएका छन् ।
यस्तै अघिल्लो संविधानसभाले संविधान निर्माणका लागि तयार गरेका महत्वपूर्ण दस्तावेजलाई अहिलेको संविधानसभाले ग्रहण गर्दै नयाँ संविधान लेखनको कार्य सुरु गरेको बताएका थिए ।
एक वर्षभित्रमा संविधान जारी गर्न तयार भएको कार्यतालिका अनुरुप काम भइराखेको जानकारी दिँदै उनले आगामी दिनमा पनि कार्यतालिकाअनुरुप काम गर्न दलहरुबीचको सहकार्य, सहमति आवश्यकता रहेको औँल्याए ।
उनले भने, ‘२०४८ सालमा नेपाली कांग्रेसको सरकारले ग्रामीण स्वावलम्बन कार्यक्रम सुरु गरी गांउको विकाशमा लागि परेकोले वर्तमान सरकारले पनि ग्रामीण पूर्वाधार विकासमा पहिलो प्राथमिता दिन्छ ।’

 


  •  
  •  
  •