पत्रकार महासंघ बाजुरा अध्यक्ष सिंह सम्मानित

328
  •  
  •  
  •  

काठमाडौं,१ माघ (ओएनएस): नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष तथा दि हिमालयन टाईम्समा कार्यरत पत्रकार प्रकाश सिंह सम्मानित भएका छन् ।

नेपाल सरकार गरिबि निवारण कोष र आर्थिक पत्रकार समुह मार्फत दिईने प्याफ अवार्ड २०७४ बाट सम्मानित भएका छन् । गरिब र दुर्गम क्षेत्रमा कलम चलाएको भन्दै सिंहलाइ सम्मानित गरेको हो ।सिंहले बाजुरा लगायत कर्णाली अञ्चलका दुर्गमका सवालहरुमा निरन्तर रुपमा कलम चलाउदै आएका छन् ।

दुर्गममा बसि बिगत लामो समय देखी दुर्गममा रहेका सवालमा उठान गर्न महत्वपुर्ण भुमिका रहेको भन्दै सिंह सम्मानित भएका हुन् । साथै सिंह लामो समय देखि खोज पत्रकारीतामा कलम चलाउदै आएका छन् ।प्रमुख अतिथि उद्योग मन्त्रिले सुनिल बहादुर थापाले नगद सहित प्रमाण पत्र दिएर सम्मान गरेका थिए ।

सिहंलाई दक्षिण एसिया हस्तकला प्रर्दशनि कार्यक्रमको अबसरमा पारेर सम्मानित भएका आर्थिक पत्रकार समुहका अध्यक्ष पुष्षराज आर्चयले वताएका छन् । सिंह लगायत अन्य तिनजनालाई पनि सम्मान गरेको छ ।

सिंह एक दशक देखि बाजुरा जिल्लामा पत्रकारीता क्षेत्रमा काम गर्दै छन् । आर्थिक पत्रकार समुह र गरिबि निबारण कोषले प्रत्येक बर्ष चार बिद्यामा अवार्ड दिदै आएको छ


  •  
  •  
  •