उमेर हदका कारण पदमुक्त प्रधानन्यायाधीशबाट राष्ट्रपतिले लिइन् सपथ

शपथ वैधानिक मान्ने कि अवैधानिक ?
294
  •  
  •  
  •  

काठमाडौं, ३० फागुन (ओएनएस) : संघीय नेपालकाे पहिलाे नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त भइसकेका प्रधान न्यायाधीशबाट बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन्।
तर राष्ट्रपतिले सपथ लिनुअघि नै प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र न्यायापरिषद सचिवालयबाट बुधबारै सार्वजनिक भएको छ ।न्यायपरिषदको पत्रमा पराजुली उमेर हदका कारण गत साउन २१ गतेदेखि नै प्रधानन्यायाधीश पदमा नरहेको स्पष्ट पारिएको छ ।

पत्रमा भनिएको छ, ‘सम्माननीय महोदयको ६५ (पैसट्ठी) वर्षको उमेर २०७४।४।२१ मा नै पुरा भईसकेको देखिन आएकोले आज मिति २०७४।११।३० को सचिवस्तरिय निर्णय अनुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु।’
न्यायपरिषदले पदमुक्त गरेकै व्यक्तिबाट राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ लिएपछि राष्ट्रपति भण्डारीले लिएको सपथलाई वैधानिकता मान्ने वा नमान्ने भन्ने गम्भीर प्रश्न उब्जिएको छ।
तर अधिकक्ता कपिलदेव ढकालले प्राधनन्यायाधीश अाजै पदमुक्त भएपनि राष्टपति कार्यालयलार्इ लिखित जानकारी नभएकाेले वैधानिक मान्न सकिने जिकीर गरे।

  •  
  •  
  •