मानव अधिकार आयोगमा नियुक्ती समावेशीकरणको आधारमा गरिएको दाबी

105
  •  
  •  
  •  

काठमाडौं, २७ असोज (ओएनएस) : संवैधानिक निकायका रिक्त पदमा नियुक्तीको सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठकले संवैधानिक नियुक्ती सिफासिरमा समावशीकरणलाई प्राथमिकता दिने निर्णय गरेको छ । परिषदको सोमवार बसेको बैठकले संवैधानिक निकायलाई समावेशीकरण बनाउने निर्णय गरेको हो । संसदीय सुनुवाई विशेष समितिले राष्ट्रिय मानव अधिकार आयोगमा नियुक्तीको सिफारिस गरिएको पदाधिकारी समावेशी नभएको भन्दै परिषदको ध्यानाकर्षण गराउँदै दुई दिनभित्र जवाफ दिन परिषदलाई निर्देशन दिएको थियो । संसदीय सुनुवाई विशेष समितिको बैठक भोली बस्दै छ ।

परिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लोकसेवा आयोगमा रिक्त पदाधिकारी नियुक्ती गर्ने भनिएपनि दलहरुबीच विवाद भएपछि रिक्त पदमा नियुक्ती हुन नसकेको स्रोतले जनाएको छ । अख्तियारमा विगत ६ वर्षदेखि तीन आयुक्त रिक्त छन भने लोकसेवा आयोगमासमेत २ सदस्यको पद रिक्त छ । स्रोतका अनुसार अख्तियारमा सत्तारुढ कांग्रेस–एमाले र प्रमुख प्रतिपक्ष एमाओवादीबीच भागबण्डाको आधारमा नियुक्ती गर्ने सहमति भएको छ । परिषदको आगामी बस्ने बैठकमा दलहरुले नाम दिने र नियुक्तीको सिफारिस गर्ने स्रोतको दाबी छ ।


  •  
  •  
  •