रिक्त पदपूर्ति गर्न संवैधानिक परिषदेको बैठक बस्दै

72
  •  
  •  
  •  

काठमाडौं २७ असोज (ओएनएस) :
खाली रहेको संवैधानिक निकायमा नियुक्तिमा संवैधानिक पवरिषद्को बैठक बस्दैछ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लोकसेवा आयोगमा रिक्त पदाधिकारी नियुक्तिको सिफारिस गर्न आज संवैधानिक परिषदको बैठक बस्नेछ ।

प्रधानमन्त्री एवं परिषदका अध्यक्ष सुशील कोइरालाले अहिले बिहान बोलाएको बैठकमा अख्तियार र लोकसेवामा रिक्त पदाधिकारी नियुक्तिको एजेन्डा तय गरिएको छ । अख्तियारमा छ वर्षभन्दा लामो समयदेखि तीन आयुक्त पद रिक्त छ । लोकसेवा आयोगमा समेत दुई सदस्य पद रिक्त छन् । दुवै संवैधानिक अंगमा पदाधिकारी अपुग भएकाले तिनको कामकारबाही लामो समयदेखि प्रभावित छ ।

अख्तियार र लोकसेवामा प्रमुख सत्तारूढ दल कांग्रेस र एमाले तथा विपक्षी पार्टी एमाओवादीको भागबण्डामा परिषदले पदाधिकारी नियुक्तिको सिफारिस गर्ने तयारी भएको स्रोतले उल्लेख गरेको छ ।


  •  
  •  
  •