ओली सरकारद्धारा संवैधानिक नियुक्तिको तयारी

142
  •  
  •  
  •  

काठमाडौं २० कात्तिक (ओएनएस) :
संवैधानिक निकायमा नियुक्त गर्न सरकारले पहल थालेको छ । आज संवैधानिक परिषदको बैठक बस्दैछ । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलो पटक बस्न लागेको बैठकमा रिक्त संवैधानिक निकायको पदपूर्तिका विषयमा छलफल हुनेछ ।

संवैधानिक परिषदको बैठक बिहान १० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्न लागेको हो । लोकसेवा आयोगमा अध्यक्षसहित सदस्य एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सदस्य पद रिक्त छन् । लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरुका पद खाली हुँदा दैनिक कार्यसम्पादनमा असर पुगिरहेको छ ।


  •  
  •  
  •