आज अख्तियार पदाधिकारी सिफारिस गरिने

87
  •  
  •  
  •  

काठमाडौं १५ फागुन (ओएनएस) : अख्तियारमा पदाधिकारी सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज बस्दैछ । लोकसेवा आयोगमा रिक्त पदमा हिजो नियुक्तिको सिफारिस गरेपछि आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पदाधिकारीमा सिफारिस हुनेछ ।

लोकसेवा आयोगको अध्यक्षमा उमेश मैनालीको नाम सिफारिस गरिएको छ भने बाँकी ६ जना सदस्यको नाम पठाइएको छ । आज अख्तियार दुरुपयोग र निर्वाचन आयोगमा पदाधिकारीको नाम सिफारिस गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । अख्तियारमा प्रमुख आयुक्तमा लोकमानसिंह कार्की र आयुक्तमा केशव बराल नियुक्त भए पनि तीन पदाधिकारी खाली छन् ।

अख्तियारमा पूर्ण पदाधिकारी नहुँदा त्यसका कामकारबाही प्रभावित भइरहेका छन् । रोष्टरमा आएका नामहरुबाट सिफारिस हुने र सर्वसम्मत गरिने दलहरुले बताएका छन् । बैठक साँझ ५ बजे बोलाइएको छ ।


  •  
  •  
  •