संवैधानिक परिषद बैठक बस्दै

107
  •  
  •  
  •  

singhdarabar01काठमाडौं १२ फागुन (ओएनएस) :  संवैधानिक परिषदको बैठक आज बस्दैछ । आजको बैठकमा लोकसेवा आयोगलगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिसका विषयमा छलफल हुनेछ ।

पाँच पदाधिकारी हुनुपर्ने लोकसेवामा अहिले जम्मा अध्यक्ष कयोंदेवी यमी, सदस्यद्वय टीकादत्त निरौला र राजेन्द्रप्रसाद साहमात्र छन्, दुई सदस्य पद रिक्त हुँनुको अलावा अध्यक्षसहित तीनै जना पदाधिकारीको पदावधिसमेत सकिएको छ ।

परिषदको सिफारिसपछि संसदीय सुनुवाइलगायतको प्रक्रियाका कारण झन्डै १५ दिनभन्दा बढी समय लाग्ने भएकाले पदाधिकारी सिफारिस गर्न ढिलाइ भइसेकेको भनदै प्रधानमन्त्रीले बैठकको एजेन्डामा लोकसेवा आयोगसहितका संवैधानिक पदाधिकारी नियुक्तिको सिफारिस गर्ने उल्लेख  छ ।

यसअघि पहिलो पठक प्रमुख प्रतिपक्षी दलका नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र दोस्रो पटक प्रधानन्यायाधीशको विदेश भ्रमणका कारण वैठक सरेको थियो । एमाओवादीले लोकसेवा आयोगको अध्यक्ष कयोंदेवी यमीलाई नियुक्त गर्नुपर्ने प्रस्ताव गरेको छ । भागबण्डाका आधारमा नियुत्ति गरिनेछ ।


  •  
  •  
  •