संवैधानिक परिषदको बैठक बस्दै

205
  •  
  •  
  •  

काठमाडौं २९ माघ (ओएनएस) : लामो समयदेखि बस्न नसकेको संवैधानिक परिषदको बैठक आज बस्दैछ । सत्तापक्ष र विपक्षीबीच धुव्रीकरण सूर भएसँगै अन्यौलमा रहेका संवैधानिक परिषद प्रधानमन्त्री सुशील कोइरालले आज बोलाएका छन् । परिषद बैठकमा सहभागि हुन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि सकारात्मक छन् ।

प्रधानमन्त्रीले तीन संवैधानिक निकायमा रिक्त पदमा नियुक्तिको सिफारिस गर्नेबारेमा छलफल गर्ने लिखित एजेन्डासहित बैठक बोलाएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीन आयुक्त र लोकसेवा आयोगमा दुई सदस्य पद रिक्त भएको लामो समय भइसकेको छ । पदाधिकारी नभएकाले ती निकायको का आंशिक रूपमा प्रभावित भएको छ ।

प्रधानमन्त्री सुशील कोइरालाले साँझ ५ बजे सिंहदरबारमा बैठक बोलाएका हुन् । लोकसेवा आयोगमा अध्यक्ष कयोदेवी यमी, सदस्यद्वय टिकादत्त निरौला र राजेन्द्र प्रसाद साहको पदावधि पनि फागुन ४ गते सकिँदै छ ।

परिषदको सिफारिस, संसदीय सुनुवाई लगायतका प्रक्रिया पूरा गर्दा नियुक्ति हुन कम्तिमा १५ दिन लाग्दछ । अख्तियार र लोकसेवामा प्रमुख सत्तारूढ दल कांग्रेस र एमाले तथा विपक्षी पार्टी एमाओवादीको भागबण्डामा परिषदले पदाधिकारी नियुक्तिको सिफारिस गर्ने तयारी भएको स्रोतले उल्लेख गरेको छ ।


  •  
  •  
  •