फ्रिजमा लुकाएर जोगाए आतंकीबाट छोराको ज्यान

71
  •  
  •  
  •  

peris-attackकाठमाडौ, २७ पुस(एजेन्सी) : पेरिसमा भएको आतंकी हमलामा एक व्यक्तिले आफ्नो छोरालाई फ्रिजमा राखेर ज्यान जोगाएको समाचारहरुमा जनाइएको छ ।

सुपरमार्केटको रेफ्रिजेरेटरमा आफ्नो छोरालाई लुकाएर छोरा बचाएका ती व्यक्तिको सबैतिर प्रशंसा हुन थालेको छ । उनीजस्तै आफ्नो सुझबुझ प्रयोग गरेर सिंकमा लुकेर प्रहरीलाई म्यासेज पठाउने कर्मचारीको को फ्रान्सेली अधिकारीहरूले प्रशंसा गरेका छन् । उनीहरू दुवै पेरिसको उक्त आतंकी हमलामा ज्यान जोगाउन सफल भएका थिए । बन्धक बनाएको घटनाले शुक्रबार एकपटक पुनः राजधानी पेरिसमा हलचल मच्चिएको थियो ।

पेरिसको प्रोजिक्युटर फ्रान्सिस मोलिन्सले भने, ‘चार्ली हेब्दो नरसंहारका संदिग्ध आतंकी भाइहरूले जुन पत्रिकाको कार्यालय कब्जा गरेर राखेका थिए, त्यहाँ एक कर्मचारी क्यान्टिनमा भर्याङको तल एउटा सिंकमा लुकेका थिए । २६ वर्षका ग्राफिक डिजाइनर लिलियान निकै डराएका थिए । जाँचसँग जोसिएका स्रोतका अनुसार जब आफू केही सुरक्षित रहेको अनुभव गरे तब, उनले प्रहरीलाई एसएमएस पठाएका थिए र परिसरमा आफू रहेको स्थान र केही जानकारी दिएका थिए । उनले पत्रिका बाहिर रहेका प्रहरीलाई त्यहाँको जानकारी दिइरहेका थिए ।

मोलिन्सले बुधबार चार्ली हेब्दो पत्रिकाको कार्यालयमा हमला गरेर १२ जनाको ज्यान लिएपछि फरार रहेका ३२ वर्षीय सेरिफ काउची र उनका दाई ३४ वर्षीय सईदलाई एक संक्षिप्त मुडभेड पछि सुरक्षाकर्मीले चारैतर्फबाट घेरेको थियो । यहाँ करिब ४० किलोमिटर टाढा जब यी दुई भाईहरूको कथित सहयोगी एमेडी कौलिबालीले विनसींसको सुपरमार्केटमा हमला गरेका तब इलान र उनका तीन वर्षका छोरा उनको साथमा थिए । दुवै फ्रिजमा लुकेका थिए ।


  •  
  •  
  •