परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द

553
  •  
  •  
  •  

राजविराज, १४ चैत(ओएनएस) : जनकपुर–प्रदेश २ मा बिहीबार भएको विज्ञान विषयको परीक्षा रद्द भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सूचना पाएपछि रद्द गरिएको हो ।

रद्द भएको परीक्षा आगामी चैत २२ गते हुनेछ । बोर्डको आकस्मिक बैठकले प्रश्नपत्र बाहिरएकोबारे छानबिन गर्न ४ सदस्यीय टोली गठन गरेको छ ।

बोर्ड सदस्य अमोदा श्रेष्ठको संयोजकत्वमा छानविन टोली गठन भएको छ । प्रदेश २ का दुई सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ विद्यार्थी परीक्षामा सहभागी थिए ।

सप्तरी जिल्लाको परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको प्रारम्भिक अनुमान गरिएको छ । बिहान ८ बजे परीक्षा सुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलेले जानकारी दिए ।

प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि जिल्ला परीक्षा समन्वय समिति सप्तरीले विज्ञान विषयको परीक्षा रद्द गर्न सिफारिश गरेको थियो ।


  •  
  •  
  •