दुई पार्टी एकतामा कुनै समस्या छैन : प्रचण्ड

1146
  •  
  •  
  •  

रुपन्देही,८ पुस (ओएनएस): नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टी एकतामा कुनै समस्या नभएको बताएका छन् ।
उनले एक दुई जनाले विरोध गरेर पार्टी एकता नरोकिने र एकताको विरुद्ध गर्नेहरु छुटेर जाने बताएका छन् ।

शनिबार रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विरोध गर्ने नेताको अभिव्यक्तिको पछाडि नलाग्न अनुरोध गर्दै,सबै विषयमा गम्भीर छलफल गरेर पार्टी एकता प्रक्रिया टुंग्याउने दाबी गरेका छन् ।

हामी सबै एकताप्रति इमान्दार छौं, सबै विषयमा गम्भीर छलफल गरेर एकतालाई टुंग्याउने प्रयासमा लागेको दाहालले बताए।’

उनले राष्ट्रिय सभा सम्बन्धी देखिएको विवाद छलफलबाटै राजनीतिक गतिरोध अन्त्य गरेर अघि बढ्ने बताएका छन् । ।


  •  
  •  
  •