काठमाडौं १६ माघ । सीप र क्षमता भएर पनि प्रवासमा नेपालीलाई राम्रो जागिर पाउन कठिन हुनुमा क्यानडाका एक प्राध्यापक तथा खुला विश्वविद्यालयका विज्ञलाई खडिएको विषय हो- भाषा । वर्षको ३ पटक कतार पुग्ने क्यानडाको अथाबास्का विश्वविद्यालयका प्राध्यापक मोहमद अलीको ठम्माई छ-‘अंग्रेजी र अरबी सिकाउने हो भने त्यहाँ नेपालीको बढुवा र तलव राम्रो हुन्छ ।’
प्रवासी कामदारको हात-हातमा मोवाईल र कतिपय ‘अनलाईन’ पहुँचमा हुँदा भाषा सिकाउन सहज पनि छ । करीव ४ लाख नेपाली कार्यरत रहेको कतार सर्वाधिक प्रतिव्यक्ति आय भएको र २०२२ को वल्डकप आयोजक राष्ट्र पनि हो ।
मु्ख्य सचिव लिलामणी पौड्याल र शिक्षा सचिव विश्वप्रकाश पंडितको सहभागितामा प्रस्तावित नेपाली खुला विश्वविद्यालयको अध्ययन पद्दती विषयक वुधवार राजधानी आयोजित कार्यशालामा उनले अनुभव सुनाउँदै थिए । ‘दोहा, कतार घुम्दा मैले धैरे नेपाली भेटें, जसलाई अंग्रेजी र अरबी भाषाको समस्या छ’ अन्तर्राष्ट्रिय मोवाईल सिकाई संघका संस्थापक अध्यक्ष समेत रहेका अलीले भने, ‘उनीहरुको हातमा मोवाईल छ, त्यसैको माध्यमबाट भाषा सिकाउन सक्ने हो भने जागिर धेरै राम्रो हुन्छ ।’
कतार विश्वविद्यालयको सहकार्यमा संचालित मोवाईलको माध्यमबाट शिक्षा सिकाईका लागि उनी ३ वर्षदेखि कतार जाने गरेका छन् । सरकारी भाषा अरबी भएका कतार लगायत नेपाली कामदार बाहुल्य खाडी राष्ट्रमा अंग्रेजीको प्रयोग बढो छ । मोवाईलमा एपको प्रयोगबाट पढाउन सकिन्छ ।
‘फिलिपिनोहरुको अंग्रेजी राम्रो हुनाले काम र तलव पनि राम्रो पाएका छन्, नेपालीको भए उनीहरुले पनि पाउछन्’ दोस्रो पटक नेपाल आएका अलीले कान्तिपुरसँगको कुराकानीमा भने, ‘यो शुरु गर्ने हो भने एकले अर्को कामदारलाई सिकाउन (पीअर टिचिङ) पनि सक्छन् ।’ विदेश पुगे सीप बृद्धि गरेका कामदारलाई पनि कामकाजी भाषाको समस्याले क्षमता देखाउन अप्ठ्यारो परेको छ । पहिल्यै भाषा सिकेर कोरिया जाने कामदारले तुलनात्मक रुपमा बढी लाभ लिएका छन् ।
अलीले खुला तथा दूर शिक्षाको माध्यमबाट अहिले विश्वमा धेरै देशले फाईदा उठाएको अनुभव सुनाउँदै नेपाल जस्तो देशको लागि त झन् आवश्यक भएको बताए । ‘हिमाली र दुर्गम ग्रामिण बस्ती भएको नेपाललाई त झन् यो बढी आवश्यक छ’ अलीले भने, ‘अधिकांश मासिन मोवाईल पहुँच भएकोले बास्तवमै नेपालमा ‘डिजिटल’ शिक्षा जरुरी छ ।’
अलीका अनुसार स्कुल गएर पढ्न असहज हुने साउदी अरबका महिलाले खुला शिक्षाको माध्यमबाट घरै बसेर पढेका छन् । ब्राजिल र टर्कीले विद्यार्थीलाई ट्याब्लेट दिएर पढाउने गरिएको छ । विद्यार्थीलाई भविष्यमा सर्जक, अनुसन्धानकर्ता र व्यवसायिक बन्न अब सहज पहुँच हुने ‘स्मार्ट’ शिक्षाको आवश्यकता परेको उनको ठम्माई छ ।
घर तथा कार्यक्षेत्रमा बसेर इन्टरनेट, कम्प्युटर तथा सूचना र सञ्चारका साधनको प्रयोगद्वारा काजकाजी व्यक्ति, स्कुल, कलेज जान नसकेका विद्यार्थीलाई अध्ययन गर्न खुला तथा दूर शिक्षा पद्धती सहज भए पनि नेपालमा खुला विश्वविद्यालय ऐन अभाव छ । अलीले नेपालले खुला शिक्षाको कार्यक्रम शुरु गरेर आफ्नो विश्वविद्यालयले सक्दो सहयोग गर्ने पनि बचन दिएका छन् ।
नेपालमा खुला विश्वविद्यालयको अध्ययन मोडेलबारे विद्यावारिधी गरेकी क्यानडाकी सुसन बेनबि्रजले ग्रामिण भेग शिक्षाको भोको भएकोले खुला शिक्षा जरुरी भएको औल्याईन् । भ्रमण तथा विद्यावारिधीको लागि नेपालका ग्रामिण बस्तीहरु घुमेकी बेनबि्रज संयु्क्त अरब ईमिरेष्ट्सस्थित ‘हायर कलेज अफ टेक्नोलजी’मा अध्यापन गर्छिन् ।
‘नेपालीको धरातलीय यथार्थ अनुरुप तालिम, प्राज्ञिक, गैर प्राज्ञक शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ’ ८ वर्षदेखि नेपालमा भिजेकी उनले भनिन्, ‘नेपालीको ग्रामिण भेग विशेष गरी सुदुर पश्चिम शिक्षाको भोको पाएँ, उनीहरु शिक्षा र सीप सिकाउन खुला शिक्षा अति जरुरी छ ।’
कान्तिपुरबाट