एक सय पाँच किलो चरेससहित तीनजना पक्राउ

385
  •  
  •  
  •  

धादिङ, २६ फागुन(ओएनएस) : धादिङको गजुरीबाट प्रहरीले एक सय पाँच किलो चरेससहित तीनजनालाई पक्राउ गरेको छ । काठमाडौंबाट विरगञ्ज जाँदै गरेको ना ५ ख २८१२ नम्बरको बसवाट प्रहरीले चेकजाँचका क्रममा चरेस बरामद गरेको हो ।

पक्राउ पर्नेमा बस चालक विरगञ्जका लालबाबु साह, बाराका अनिल चौधरी र श्रीराम साह कानु रहेका छन् । खाली बसमा लुकाइ राखिएको अबस्थामा चरेस भेटिएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।


  •  
  •  
  •