पारसले मागे प्रेमीकासँग माफी

173
  •  
  •  
  •  

parashकाठमाडौं, २६ कात्तिक (ओएनएस) : थाइल्यान्डमा रहेका पूर्व युवराज पारस शाहले आफ्नी प्रेमिकामाथि शंका गरेकोमा पछुतो मान्दै माफी मागेका छन् ।

लागु औसधसहित थाइ प्रहरिले पक्राउ गरेपछि अघिल्लो साता पारसले आफु पक्राउ पार्नुमा प्रेमीका कन्निकाको हात आशंका फेसबुक पोस्ट गरेका थिए । साथै उनले कन्निकाले फासाएको भन्दै फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।

तर मंगलबार मध्यराती अर्काे फेसबुक स्टाससमा पारसले कान्निकामाथि शंका ब्यक्त गरेकोमा पश्चाताप लागेको बताएका छन् । आफ्नो लामो फेसबुक स्टाटसमा कन्निकाले आफुलाई मृत्युबाटबाट बँचाएको उल्लेख गरेका छन् ।

अरुको कुरा सुनेर प्रेमीकामाथि शंका गरेको फेसबुकमा लेखेका छन् । पारसले प्रेमीकाको बोलीभन्दा कामले नै सबै कुरा स्पष्ट भएको ब्यहोरा लेख्दै ‘धेरै सोचेपछि आफ्नो मनले उनी निर्देश भएको थाहा पाएको’ भनि साहित्यीक स्टाटस लेखेका छन् ।

उनले अघिल्लो स्टाटस पोस्ट गर्दा आफु तनावमा रहेको हुँदा अरुको कुरा सुनेर उनीमाथि दोष लगाएको भनि अन्त्यतिर लेखेका छन् । साथै उनले एक साता सोच्दा उनी निर्दोष रहेको निचोडमा पुगेको लेख्दै पे्रमीकासँग माफी मागेका छन् ।

Picture1


  •  
  •  
  •