पूर्व युवराज पारस शाह आज काठमाडौं फर्किदै

149
  •  
  •  
  •  

काठमाडौं १९ चैत (ओएनएस) : पूर्व युवराज पारस शाह आज काठमाडौं आउने भएका छन् । लामो समय थाइल्णडको जेलमा रहेका पारश छुटेपछि परिवारको सल्लाहमा नेपाल आउन लागेका हुन् । आज १ बजे काठमाडौं आउने पविार निकट स्रोतले जनाएको छ ।

लागूऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्वयुवराज पारस मंगलबार थाइल्याण्डको जेलबाट छुटेका थिए। उनी थाइ एयरको नियमित उडानबाट काठमाडौं आउन लागेका हुन्।

उनका साथमा मातृभूमिका लागि युवा अभियानका संस्थापक अध्यक्ष सुनिल खड्का पनि साथै आउने भएका छन्। खड्का पारसका सहयोगी साथीका रुपमा रहेका छन् । गत फेब्रअरीमा अचानक अचेत भएका पारसलाई थाइल्याडको सुकुमित अस्पतालले ११ दिनसम्मको उपचारपछि थप सुधार गर्न चाङमाई सुधारगृहमा राखेको थियो।

सुधारकेन्द्रमै बस्दै आएका पारस चाङमाईबाटै लुङखाई गएका थिए। प्रहरीले उनलाई बीएमडब्ल्यू कारमा लागूऔषध फेला पारेर सार्वजनिक गरेको थियो। अहिले उनको थाइप्रेकीकासँग सम्बन्ध विग्रीएको छ । केही समयअगाडी पूर्व युवराज्ञी हिमानी पनि थाइल्याण्ड पुगेकी थिएन ।


  •  
  •  
  •