लण्डनमा सहयोग खोज्दै पारस

309
  •  
  •  
  •  

काठमाडौं २६ साउन (ओएनएस)
निजी भ्रमणमा सुटुक्क लन्डन आएका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले सात दिनको बेलायत भ्रमणलाई केवल होलिडे मा सिमित राखेनन्। बरू उनी नेपालको क्रिकेट विकासको लागि सम्भाव्य सहयोग जुटाउन ब्यस्त रहे। लन्डनस्थित हिथ्रो विमानस्थलमा बिहीबार साँझ उत्रिएका पारसले इंग्ल्याण्डका विभिन्न पदाधिकारीहरूसँग भेट गरी सहयोग खोजिरहेका हुन्। ‘बेलायतको विकास र विलासितामा मात्र रमाउनुभन्दा आएको बेला नेपाली खेलाडी र खेल विकासमा सहयोगको लागि पहल गरिरहेको छु,’ उनले भने, नेपाली खेलाडीलाई चाहिएको एक्सपोजर बेलायतजस्तो सुविधासम्पन्न राष्ट्रले दिन सक्ने भएर म त्यो सम्भाब्यता खोजिरहेको छु।’ इंग्ल्यान्डमा नेपाली खेलाडी ल्याएर प्रशिक्षण, नामी क्लबहरूसँग टाइमअप र इनिङ खेल्ने अवसर दिनसक्ने उनले देखेका छन्। व्यक्तिगत भ्रमण भएकाले भेट भइसकेका र भेट हुने तरखरमा रहेका क्लबहरूको नाम भने उनले खुलाउन चाहेनन्।
कान्तिपुरबाट


  •  
  •  
  •