प्राप्तिले गर्दैछिन् पारसलाई ‘क्लिन–बोल्ड’

97
  •  
  •  
  •  

Parash Vs Praptiकाठमाडौं, ११ फागुन (ओएनएन) : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का आगामी बुधबार विवाह बन्धनमा बाँधिने भएका छन् ।

पारसले आफ्नी प्रेमीका प्राप्ति राज्यलक्ष्मी राणासँग विवाह गर्न लागेका हुन् । पारस र प्राप्तिबीच दुई वर्षअघि इन्गेजमेन्ट भएको थियो ।

लामो सयमसम्म चलेको प्रेमलाई पारसले दुई वर्षअघि इन्गेजमेन्टमार्फत सार्वजनिक गरेका थिए । क्याप्टेन कुल तथा आफ्ना कुरा स्पष्ट राख्ने पारसले आफ्नी प्रेमीकाको बारेमा मिडियामा बोल्दैनन् ।

नेपाली टिमका अलराउन्डर पारसले सन् २००४ मा मलेसियाबिरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।Paras vs Prapti

कुबेतबिरुद्ध शतक बनाउने क्रममा १०६ रन जोड्नु पारसको अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढि स्कोर हो । सन् २०१० मा कुबेतमा भएको एसिसी ट्रफि एलिट कप यता पारसले नेपाली टिमको कप्तानी सम्हाल्दै आएका छन् ।

बैंककी जागिरे प्राप्तिले क्याम्पियन कलेजबाट बीबीए उत्तीर्ण गरेकी छिन् । कीर्तिपुरमा हुने नेपालका अन्तर्राष्ट्रिय खेलहरुमा पारसको जर्सिमा प्राप्ति उपस्थित हुने गरेकी छिन् ।

Parash Vs Prapti 3


  •  
  •  
  •