काठमाडौं १७ फागुन ।राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई पेटमा समस्या भएपछि उपचारका काठमाडौको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार अहिले उनको अवस्था सामान्य रहेको छ । पूर्णरुपमा स्वास्थ्य विवरण आउन भने दुई दिन लाग्नेछ । शुक्रबार पेटमा समस्या भएपछि खड्कालाई उपचारका लागि अस्पतालमा लगिएको थियो ।