पूर्वयुवराज पारस फर्किए नेपाल, स्वागत गर्न विमानस्थलमा भीड (फोटोसहित)

360
  •  
  •  
  •  

काठमाडौं, १९ चैत (ओएनएस) :  पूर्वयुवराज पारस शाह बिहिबार नेपाल फर्किएका छन् । गत मार्च २६ मा थाइल्याण्डको जेलबाट रिहा भएपछि उनी नेपाल फर्किएका हुन् ।

पारसलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरुको भीड लागेको थियो । उनका साथमा मातृभूमीका लागि युवा अभियानका संस्थापक अध्यक्ष सुनिल खड्का पनि साथै आएका छन् । भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो भने नियन्त्रणको लागि बल समेत प्रयोग गर्नु परेको थियो ।

Paras shah (3)

विमानस्थलमा पारसको समर्थकहरुले जयजयकार गरेका थिए भने पारसले नमस्कार  गरेर समर्थकलाई अभिवादन गरेका थिए ।  उनी साथीको निजी कारबाट विमानस्थलबाट निस्कीएका थिए । पारसलाई लिन श्रीमती हिमानी शाह भने विमानस्थलमा देखिइनन् ।

लागूऔषध कारोबार अभियोगमा थाई प्रहरीले उनलाई पक्राउ गरी जेल चलान गरेको थियो । अदालतले उनलाई लागूऔषध कारोबार मुद्दामा सफाइ दिएको छ । Paras shah (2)


  •  
  •  
  •