ड्रगसहित पुनः पक्राउ परे पारस, सुध्रिएन मती…(तस्विरमा)

138
  •  
  •  
  •  

काठमाडौ, २४ असोज(एजेन्सी) : पूर्वयुवराज पारस शाह बैंककमा पुन पक्राउ परेका छन् । बुधबार थाई प्रहरीले उनलाई ड्रगको प्रयोग र ड्रग लिएर हिडेको आरोपमा पक्राउ गरी सार्वजनिक गरेको हो ।

थाई पत्रिका ‘खाई न्युज’ले जनाए अनुसार शाहलाई बुधबार दिउँसो १ बजे पक्राउ गरेको हो । उक्त समयमा उनलाई सेतो नम्बर प्लेटको बिएमडब्लू कारमा नार्कोटिक्ससहित फेला परेका थिए ।

प्रहरीले पक्राउ गर्ने क्रममा उनको साथबाट ५.८ ग्राम मारिजुयना नामक ड्रग समेत फेला पारेको थियो । प्रहरीले ड्रगका साथै ड्रग प्रयोग गर्नका लागि प्रयोग गरिने हरियो प्लाष्टिकका तीन वटा ट्युब समेत बरामद गरेको थियो । पत्रिकाका अनुसार उनलाई ड्रग प्रयोग गरेको आरोपमा मुद्धा समेत दर्ता गरेको छ ।

उनलाई पहिले पनि ड्रगसहित बारम्बार प्रहरीले पक्राउ गरेको थियो साथै उनी ड्रगकै कारण जीवनको अन्तिम अवस्थामा पुगेर बाचेका समेत थिए । तरपनि उनको मती पनि अझै सुध्रिएको देखिएको छैन् । उनी पुनः ड्रगकै कारण पक्राउ परेका छन् ।

paras-at-Thailand3 paras-at-Thailand2 paras-at-Thailand1 paras-at-Thailand


  •  
  •  
  •