पारसले सुध्रिएको ‘प्रमाण’ पेश नगरेसम्म निर्मल निवासको ढोका बन्द

228
  •  
  •  
  •  

काठमाडौं, २० चैत (ओएनएस) : बिहीबार पूर्वयुवराज पारस शाह नेपाल आएपछि शुभचिन्तक खुसी देखिएपनि परिवारीक प्रतिक्रिया भने ठीक उल्टो रह्यो । विमानस्थलमा सयौ समर्थकले पारसका पक्षमा नाराबाजी गर्दा परिवारका कुनै पनि सदस्य देखिएनन् । उनलाई स्वागत गर्नु परको कुरा, निर्मल निवासको ढोका बन्द गरेर डेरामा सारियो ।

शुक्रबार बिहानैदेखि पारसको दैनिकी निर्मल निवासभन्दा करिब एक किलोमिटर टाढा ‘कुण्डलिनी’ क्लबबाट सुरु भएको छ । स्रोतका अनुसार शुक्रबार पनि परिवारका कुनै सदस्य उनलाई भेट्न पुगेका छैनन् । उनी परिवारसँग बिनासल्लाह नेपाल फर्किएकोले पनि निर्मल निवास असन्तुष्ट छ । निर्मल निवास स्रोतका अनुसार पारस थाइल्याण्डको भिसा सकिएपछि परिवारको सल्लाहबिना एक्कासी नेपाल फर्किएका हुन् ।

पारस आउनुअघि बसेको पारिवारीक बैठकले उनलाई निर्मल निवासमा प्रवेश गराउन केही शर्त अघि सारेको छ । ती शर्तमा पूरा नभएसम्म उनलाई निर्मल निवासको ढोका खुला हुने छैन । ‘यसअघि उनले देखाएको आचारणले पारिवार आफै पनि असुरक्षित महसुस गरिरहेको छ’ पारिवारीक निकट स्रोतले भन्यो ‘उनले सुध्रेको प्रमाण पेश नगरेसम्म निर्मल निवासको ढोका नखुल्ने निश्कर्ष छ, परिवारका सदस्यले भेटघाट पनि गर्ने छैनन् ।’

लागु औषधको कुलतमा फसेका तथा श्रीमती हुँदाहुँदै अन्य महिलासँग सम्बन्ध बढाएको कारण पारससँग परिवार असन्तुष्ट छ । पारसका छोरा हृदयन्द्र र दुई छोरी पारसलाई भेटेपछि तनाव महसुस गर्ने भएकाले पनि सहज बातावरण भएपछि मात्रै निर्मल निवासमा प्रवेश गराइने छ । पूर्वयुवराज्ञी हिमानीले पनि पारसलाई निर्मल निवास प्रवेश गराउन चाहेकी छैनन् ।

भान्जा पार्थव सिंहको व्रतबन्धको भोजमा पनि उनलाई आमन्त्रण नगरिने भएको छ । शनिवार भोजको आयोजना गरिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष र अन्य निकट नातेदारमार्फत पारसलाई आवश्यक न्यूनतम सहयोग दिने र पुरै सुध्रेको प्रमाण पेश नगरेसम्म परिवारमा प्रवेश नगराउने सन्देश पुर्याएका छन् । उनले दिने प्रमाण भनेको श्रीमति हिमानी र पूर्व राजा ज्ञानेन्द्र पूर्णरुपमा विश्वस्थ हुनुपर्नेछ ।

पारस झण्डै चार बर्षपछि विहीबार नेपाल फर्किएका हुन् । लागुऔषध कारोवार मुद्दामा थाइ जेलमा परेका पारस जेलमुक्त भएपछि नेपाल फर्किएका हुन् ।


  •  
  •  
  •