आफ्नै प्रेमीकाले धोका दिएपछि पक्राउ परे पारस

172
  •  
  •  
  •  

काठमाडौ, १८ कात्तिक(ओएनएस) : ताइल्याण्डको राजधानी बैककमा बस्दै आएका पूर्वयुवराज पारस शाहले आफूलाई आफ्नै प्रेमीकाले धोका दिएको बताएका छन् । आफ्नी श्रीमती, सन्तान र बाबुआमा छाडेर थाइल्याण्डकी युवतीसँग प्रेममा फसेका पारसले सामाजिक सञ्जालमार्फत आफू प्रेमीकाकै सूचनामा पक्राउ परेको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘७ अक्टोबरमा मेरी प्रेमीकाको जन्मदिन थियो । जन्मदिनमा रातभरी पार्टी गर्यौ । त्यही राती उनीसँग मेरो झगडा पर्यो । भोलिपल्ट दिउँसो म उनी बस्दै आऐको शहरमा उनकै भाइको संलग्नतामा पक्राउ परे ।’

पारसले थाइल्याण्डमा सुराकीलाई ३० प्रतिशत पुरस्कार दिइने कानुनी व्यवस्था छ, त्यसैले उनले पनि त्यही पाउने लोभमा यस्तो गरेको हुन सक्ने बताएका छन् । उनले फेसबुकमा थप लेखेका छन्, ‘धेरै भन्न सक्दिन मुद्दा जारी छ ।’

आफूलाई पक्राउ गरिनुलाई एक खेलका रुपमा व्याख्या गर्दै पारसले ‘यो खेल खेल्न सक्ने मेरो मुटु छ’ भनेका छन् । यस्तै, उनले आफूलाई फसाइएको तर्क गर्दै भनेका छन्-‘मेरो परिवार र साथीहरु प्रष्ट हुनुस्, म बेवकुफ छैन ।’


  •  
  •  
  •