‘ट्यापे’ पारामा नेपाल आए पूर्वयुवराज पारस

230
  •  
  •  
  •  

paras1काठमाडौ, १९ चैत(ओएनएस) : बिहिबार मध्यान्ह त्रिभुवन विमानस्थलको विशिष्ट कक्षपरिसर फोटोपत्रकारहरूले भरिभराउ थियो । हात-हातमा फूल लिएर स्वागतका लागि समर्थकहरूको भीड पनि निकै देखिन्थ्यो । लाग्थ्यो विमानस्थलको विशिष्ट कक्षबाट देशको ठूलो मान्छे फर्कदै छ ।

paras in nepalबिहीबार विमानस्थलबाट पूर्वयुवराज पारस थाई अदालतबाट लागूऔषध प्रयोग गरेको आरोपमा धरौतीमा छुटेर तीन वर्षपछि नेपाल फर्कदै थिए । २४० वर्षभन्दा लामो इतिहास बोकेको वंशको मर्यादा भुलेर विमानस्थलबाट फर्कँदा लाग्थ्यो, फर्कने मान्छे पूर्वयुवराज होइन, कुनै ‘ट्यापे’ हो । पूर्वयुवराज पारसले कालो लामो पाइन्ट खुट्टामाथि पट्याएका थिए । उनले लगाएको सर्टको टाँक पुरै खोलिएको थियो भने टिसर्टको पनि कुनै टाँक लगाएका थिएनन् । टिसर्ट पाइन्टबाट बाहिर निकालेर हल्लिदै अस्वभाविक रूपमा हाँस्दै विमानस्थलबाट पारस बाहिर निस्किए ।

Paras shah (2)पूर्वयुवराज पारसले आफ्ना समर्थकहरूलाई न त हात हल्लाएर अभिवादन गरे न त समर्थकहरूको फूलका थुङ्गा हातमा समाते । गाडीमा बसेपछि नमस्कार फर्काउनु बाहेक उनको कुनै प्रतिकृया देखिएन ।

पूर्वयुवराज पारसको पाराले लाग्थ्यो । उनी शाही खानदानका कुनै सदस्य नै होइनन् ।

विमानस्थल प्रवेशद्वारमा प्रहरीको कडा चेकिङ पार गरेर आफन्त लिन जाने बाहनामा धेरै समर्थकहरुको घुइँचो बढेको थियो ।  गत मार्च २६ मा थाइल्याण्डको जेलबाट रिहा भएपछि उनी नेपाल फर्किएका हुन् । लागूऔषध कारोबार अभियोगमा थाई प्रहरीले उनलाई पक्राउ गरी जेल चलान गरेको थियो । अदालतले उनलाई लागूऔषध कारोबार मुद्दामा सफाइ दिएको छ ।


  •  
  •  
  •