पक्राउ परेको केही बेरमा नै छुटे पारस

186
  •  
  •  
  •  

काठमाडौं, ३१ असार (ओएनएस) थाइल्याण्डमा छुट्टै संसार बसाउँदै आएका पुर्व युवराज पारस सोमवार थाइल्याण्डमा पक्राउ पनि सोमवार नै रिहा भएका छन् । सोमवार पुर्वयुवराज पारसका साथमा २ पोका गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
निर्मल निवास स्रोतका अनुसार सोमवार बैंककस्थित डेविट होटलबाट अपरान्ह केही गाँजासहित पासरलाई पक्राउ गरिएको थियो । तर, त्यसको केही समयपछि नै उनलाई रिहा गरिएको थियो ।

‘हिजो (सोमवार) युवराज सरकारलाई बैंकबाट थाई प्रहरीले पक्राउ गरेको थियो, स्रोतले भन्यो’,‘पक्राउ परेको केही बेरमा नै सरकार रिहा होइबस्यो । अहिले सरकार आफ्नै डेरामा होइबक्सन्छ ।’


  •  
  •  
  •