पारसले बनाए ९४ बलमा १ सय ३ रन

258
  •  
  •  
  •  

काठमाडौँ, ६ बैशाख(ओएनएस) : आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको नामिबियाविरूद्वको दोस्रो खेलमा कप्तान पारस खड्काले शतकीय पारी खेलेका छन् । कप्तान खड्काले मात्र ८९ बलमा शतक पुरा गरेका थिए ।

उनले आफ्नो शतक छक्का प्रहार गर्दै पुरा गरेका हुन् । कप्तान पारसले ५ चौका र ७ छक्काको मद्दतले १ सय ३ रन जोडेका थिए । उनलाई जोभागो ग्रोइनवाल्डले एलबिडब्लु धरापमा पारेका थिए ।

कप्तान खड्काले शरद भेष्वाकरसँग मिलेर तेस्रो विकेटका लागि १ सय ६७ रनको साझेदारी गरेका थिए ।


  •  
  •  
  •