काठमाडौं, २२ जेठ (ओएनएस): कार्बन मोबाइलले क्रिकेटर पारस खडकालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनिले बजारमा आफ्नो उपस्थितीलाई सक्रिय बनाउने उदेश्यले क्रिकेटर खडकालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । बुधवार काठमाडौंमा एक कार्यक्रमका बिच नेपाली क्रिकेट टिमका क्याप्टेन खडकालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको घोषणा गरेको छ ।
त्यसैगरि कार्बन मोबाइलको नेपालका लागि आधिकारीक बितरक एलाइड ट्रेड लिंकले दुई मोडलका स्मार्टफोनहरु बिक्री शुरु गरेको छ । कम्पनिले कार्बन एस वन प्लस र ए ९२ मोडल सार्वजनिक गरेको हो ।
एस वन प्लस मोबाइलमा एन्ड्रोइड ४.२ जेलिबिन, १ गिगाहर्जको ड्यूल कोर प्रोसेसर, १ जिबि र्याम र ५१२ एमबीको मेमोरी रहेको छ । त्यसैगरि ए ९२ मोबाइल मा एन्ड्रोइड ४.२ जेलिबिनको अपरेटि९ सिस्टम, १ गिगाहर्जको ड्यूल कोर प्रोसेसर, ५१२ एमबीको र्याम र ५१२ एमबीको मेमोरी रहेको छ । कार्यक्रममा बोल्दै कार्वन इन्डियाका कार्यकारी निर्देशक शशिन देभेसारले नेपालमा उच्चस्तरका नयाँ सेटहरु ग्राहकले मनपराउने बताए ।