पारस खड्काले कप्तानी पद छाडे

800
  •  
  •  
  •  

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानी पद छाडेको बताएका छन् ।
खड्काले आज प्रेस विज्ञप्ति जारी गरेर राजीनामाको घोषणा गरेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन आईसीसीले फुकुवा गरेको भोलिपल्ट उनले राजीनामा दिएका हुन् । पारस नेपाली क्रिकेट टोलीका सफल कप्तान मानिन्छन् ।

उनले नेपाली क्रिकेटमा लामो समय उत्कृष्ट प्रदर्शन गरेका थिए । खड्का १० वर्षदेखि राष्ट्रिय टोलीका कप्तान थिए ।
नयाँ सुरुवातका लागि आफूले कप्तान पद छाड्ने निर्णय लिएको उनले बताएका छन् ।

२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी–ट्वान्टी विश्वकप २०१४ मा खेलेको थियो भने २०१८ मा एकदिवसीय मान्यता पाएको थियो ।
यस्तै खड्काले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै कप्तानी छोडेको उल्लेख गरेका छन् ।


  •  
  •  
  •