प्रधानमन्त्रीको अभिव्यक्ति कसैको आस्था र भावनामा चोट पुर्‍याउनेतर्फ इङ्गित नभएको परराष्ट्रको स्पष्टोक्ति

353
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति परराष्ट मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।


प्रधानमन्त्री ओलीले भानु जयन्तीका अवसरमा सोमबार अयोध्या र रामको जन्मभूमिबारेमा दिएको अभिव्यक्ति सम्बन्धमा मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।

प्रधानमन्त्रीले दिएको टिप्पणी कुनै राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको आस्था र भावनामा चोट पुर्‍याउनेतर्फ इङ्गित नभएको मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।

‘राम र रामको जन्मभूमिलाई लिएर धेरै मिथक र सन्दर्भ भएको हुँदा प्रधानमन्त्रीले रामायणले प्रतिनिधित्व गर्ने विशाल सांस्कृतिक भूगोलको थप अध्ययन र अनुसन्धानको महत्त्वमाथि मात्र जोड दिनुभएको हो’, विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीले अयोध्याको विशेषता र सांस्कृतिक मूल्य मान्यतालाई अवमूल्यन गर्ने उद्देश्य नराखेको मन्त्रालयको दाबी छ ।

विवाह पञ्चमी समारोहमा प्रत्येक वर्ष भारतको अयोध्याबाट जनकपुर जन्ती आउने परम्परा रहेकोबारे पनि मन्त्रालयले स्पष्ट पारेको छ ।


  •  
  •  
  •