उपराष्ट्रपतिले नै भने : उपराष्ट्रपति पद काम छैन

387
  •  
  •  
  •  

paramaकाठमाडौं,  १९ असार (ओएनएस) :  नयाँ संविधानमा उपराष्ट्रपति पद राख्नु नहुने भन्दै आवाज उठिरहेको बेला उपराष्ट्रपति परमानन्द झाले नै त्यसको समर्थन गरेका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा झोले आफ्नो पद काम नलाग्ने बताएका हुन् ।

झाले उपराष्ट्रपति पदमा बसेको मान्छेको जीवन निष्क्रिय हुँने भन्दै मधेशी दलहरुलाई उपराष्ट्रपति पदमा बार्गेनिङ्ग नगर्न सुझाव समेत दिएका छन् । उनले भने, “मेरो अनुभवले भन्दैछू यो पदले जीवन नै निष्क्रिय बनाउछ । यस पदमा मधेशी दललाई बार्गेनिङ्ग नगर्न आग्रह गर्दछू ।’

यसअघि चार दलबीच भएको १६ बुँदै सहमतिमा मधेशवादी दललाई उपराष्ट्रपति पद दिने सहमति समेत भएको सार्वजनिक भएको थियो ।  झाले मधेसी पत्रकार संघको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अघि भने, ‘उपराष्ट्रपति पदको लागि आफ्नो  म्याण्डेटमा सम्झौता गर्नुहोस् ।’

 उनले सक्रिय राजनीति गर्नेलाई यो पदले फाइदा नहुने भन्दै मधेशी दललाई उपराष्ट्रपति पदको सट्टा गृह अर्थ लगायतका मन्त्री पदमा बार्गेनिङ्ग गर्न आग्रह गरे ।


  •  
  •  
  •