काठमाडौं, ४ भदौ (ओएनएस) : एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराई पक्षले काठमाडौमा पनि समानान्तर समिति बनाएको छ ।
भट्टराई पक्षले महेन्द्र श्रेष्ठको अध्यक्षतामा ५७ सदस्यीय नयाँ समिति घोषणा गरेको हो ।
समितिको उपाध्यक्षमा हिमाल शर्मालाई चयन गरिएको र बाँकी कार्यसमिति सदस्य केही दिनमा छनोट गरिने एक नेताले जानकारी दिए ।
श्रेष्ठले बुधबार नयाँ बानेश्वरको अल्फबेटामा पत्रकार सम्मेलन गरेर काठमाडौं जिल्ला कमिटीको बैठकले आफूलाई अध्यक्ष र हिमाल शर्मालाई उपाध्यक्ष बनाएको बताए । बाँकी पदाधिकारी पछि छनोट गरिने श्रेष्ठले बताए ।
श्रेष्ठलाई अध्यक्ष घोषणा गर्ने कार्यक्रममा सहभागी पूर्वकेन्द्रीय सदस्य सविना अर्यालले विद्यार्थीका अध्यक्ष जिल्ला कमिटीको अध्यक्ष बन्न नमिल्ने बताइन् । एमाओवादीले विद्यार्थी संगठन क्रान्तिकारीका अध्यक्ष समेत रहेका शर्मालाई असार १३ गतेको बैठकले काठमाडौं जिल्ला अध्यक्ष बनाएको थियो ।
केही ब्यक्ति आफ्नै ढंगले सञ्चालन गर्दा पार्टी विगठनतर्फ उन्मुख भएकाले पार्टीको रुपान्तरण र सुदृढिकरणका लागि नयाँ समिति बनाउनुपरेको नेताहरुले बताएका छन् ।