रारामा प्यारा ग्लाइडिङ्ग उडान शुरु, अन्य क्षेत्र भन्दा सहज

725
  •  
  •  
  •  

मुगु , ६ वैशाख (ओएनएस):  रारामा प्यारा ग्लाइडिङ्ग उडान शुरु गरिएको छ । समुन्द्री सतह देखि ३ हजार ६ सय मिटर उचाईमा रहेको मुर्माटपबाट पहिलो पटक सफलता पुर्वक प्यारा ग्लाइडिङ्ग गरिएको हो ।

रारा तालको छेउमा रहेको मुर्माटप बाट प्यारा ग्लाईडिङ्ग उडान भरेका पाईलट सानो बाबु सुनुवारले रारामा प्यारा ग्लाइडिङ्ग उडान गर्न अन्य क्षेत्रको भन्दा सहज भएको बताएका छन।

प्रधानमन्त्री केपी शर्मा ओलिले बैशाख १ गते उद्घाटन गरेका रारा कर्णाली पर्यटन बर्ष २०७५ को दिन प्यारा ग्लाईडिङ्ग उडान गरेका पाईलट सुनुवारले नेपालको ४६ जिल्लामा उडान गरेको अनुभवम सुनाउदै गर्दा अन्य जिल्लाको तुलानामा राराको मुर्मा टप बाट जस्तो उडान गर्न सहज अन्य जिल्ला नभएको बताए ।

१३ बर्ष देखि देश तथा बिदेशमा प्यारा ग्लाइडिङ्ग उडान गदै आएका पाईलेट सुनुवारले अन्य क्षेत्रको तुलानामा राराको मुर्माटप बाट प्यारा ग्लाइडिङ्ग उडान गर्दा फरक अनुभुति भएको बताए ।

बिदेशी मुलुकका २३ र नेपालका ४६ जिल्लमा प्यारा ग्लाइडिङ्ग उडान गरेको र अन्य क्षेत्रमा प्यारा ग्लाइडिङ्ग उडान गर्दा समिति क्षेत्र देखिने गरेका भएपनी राराको मुर्माटपबाट प्यारा ग्लाइडिङ्ग उडान गर्दा चारै तिरका अग्ला अग्ला हिमाल तथा हिम शिखरको मनोरम दृश्य देखन पाईने भएकाले रारामा प्यारा ग्लाइडिङ्ग उडान गर्दा बैग्लै आन्दन आउने सुनुवारको भनाई छ ।

राराको मुर्माटप बाट प्यारा ग्लाइडिङ्ग मार्फतनै ५० किलोमिटर सिधामा रहेका जिल्लामा पुग्न सकिने भएकाले । मुर्माटप बाट यातायातको रुपमा पनी प्यारा ग्लाइडिङ्गको प्रगोग गर्न सकिने उनको भनाई छ । राराको मुर्माटप बाट प्यारा ग्लाइडिङ्ग उडान गदै ४५ मिनेटमा हुम्ला र २५ मिनेटमा जुम्ला सम्म पुग्न सकिने छ । रारा अवोलकन गर्न आउने

पर्यटकहरुले राराको आन्नद लिदै प्यारा ग्लाइडिङ्गम उडेर चारै तिरका दृश्य अवोलकन गर्न मिल्ने भएकाले यो ब्यबसाय संञ्चालन गरी थप पर्यटक भित्रिने प्रचुर सम्भावना रहेको छ ।

बेरोजागार युवाले बिदेशिनु भन्दा केहि रकम लगानी गरी यस्तो ब्याबसाय थालनी गरे आम्दानी पनि हुने र आन्तरिक तथा बाह्य पर्यटक पनि बढ्ने संभावना बढी रहेकाे छ ।

तर रारामा प्यारा ग्लाइडिङ्ग उडानगर्न आफैमा भौगौलिक चुनौती र राराको मुर्माटपमा तिन किसिमको हावा चल्छ बिहान दिउँस र बेलुका फरक फरक कोण बाट हावा चल्ने भएकाले केहि चुनौति पनि रहेकाले परिपक्क पाईलेट बाहेक अन्य पाईलेटले प्यारा ग्लाइडिङ्ग उडान गरे खतरा पनि हुन सक्ने भएकाले परिपक्क पाईलेटले मात्र प्यारा ग्लाइडिङ्ग उडानगर्न सक्ने सुनुवार ले बताए। रारामा प्यारा ग्लाइडिङ्ग उडान गर्नको लागि कम्तिमा २५ महिना प्यारा ग्लाइडिङ्ग उडान सम्बिन्ध तालीम प्राप्त पाईलेटले मात्र उडान गर्न सक्ने भएकाले परिपक्क नभएका पाईलट लाई भने भौगिलक चुनौति रहेको छ ।

नेपालका सात वटा प्रदेशको तुलानामा कर्णाली प्रदेशलाई समृद्धी बनाउन रारामा नियमित रुपमा प्यारा ग्लाइडिङ्ग उडान गर्ने ब्याबस्था मिलाईनु पर्ने युवा पर्यटन ब्याबसायी देविकृष्ण रोकायाले बताए । रारामा भौतिक पुर्वधाराको ब्याबसथा गरी प्यारा ग्लाइडिङ्ग उडान गराएमा पोखरा पछीको प्यारा ग्लाईडिङ्गमा ब्यस्त स्थान रारा हुन सक्ने उनको भनाई छ ।


  •  
  •  
  •