प्रधानन्यायाधीश पराजुलीलाई विदामा बस्न सत्तारुढ दलको आग्रह

राष्ट्रपतिलाई शपथ लिन नैतिक संकट
253
  •  
  •  
  •  

काठमाडौं, ३० फागुन (ओएनएस) : प्रधानन्यायाधीश गोपाल पराजुलीलाई विदामा बस्न सत्तारुढ दलले आग्रह गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार प्रधानन्यायाधीशसँग छलफल गरेर राष्ट्रपतिको शपथ विवादरहित बनाउन सुझाव दिएको स्रोतले बताएको छ।

प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश पराजुलीलाई सबैभन्दा उपयुक्त विकल्पका रुपमा बिदामा बस्न आग्रह गरेको स्रोतले जनाएको छ।

अवकाशको समय पनि नजिकिंदै गरेकाले सके राजीनामा दिने नभए हालको समयमा विदामा बसेर वर्तमान समयमा राष्ट्रपतिको सपथलाई विवादरहित बनाउन प्रधान्यायाधीशलाई सत्तारुढ दलले आग्रह गरेका हुन् ।

प्रधानन्यायाधीशबाटै राष्ट्रपतिले शपथ लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। राष्ट्रपतिको शपथअघि ओली र प्रचण्डबीच थप छलफलको तयारी भैरहेको छ ।

राष्ट्रपतिलाई शपथ लिन नैतिक संकट

संघीय नेपालको पहिलो राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनीयताको शपथ लिंदै छन्।

पराजुलीले राजीनामा वा विदामा नबसेमा दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश पराजुलीबाटै शपथ लिनु पर्नेछ ।

तर प्रधानन्यायाधीश पराजुलीको विषयमा सडकदेखि सर्वोच्चसम्मै विवाद बढेपछि राष्ट्रपति भण्डारीलाई प्रधानन्यायाधीशबाट शपथ लिन नैतिक संकट परेको छ ।

सर्वाेच्च अदालतकाे न्यायाधीश चाेलेन्द्र शमशेर राणाले पराजुली पद मुक्त भइसेकेकाे अादेश गरेपछि पराजुलीमाथि कानूनी प्रश्न समेत उठेकाे छ।


  •  
  •  
  •