सर्वोच्चको वेभसाइटमा प्रधानन्याधीसबाट पराजुलीको नाम हट्यो, जोशी कायममुकायम

234
  •  
  •  
  •  

काठमाडाैँ, १ चैत (ओएनएस) : सर्वोच्च अदालतको वेभसाइट सुप्रिमकोर्ट डट जीओभी डट एनपीमा प्रधानन्याधीशबाट गाेपाल पराजुलीलीकाे नाम हटाएर सर्वाेच्चकै वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई कायममुकायम प्रधानन्यायाधीशको रुपमा राखिएको छ ।

अाजदेखि जोशी कायममुकायम प्रधानन्यायाधीशको रुपमा अदालतकाे दैनिक काम कारवाहीलाई निरन्तारता दिने अदालतले जनाएकाे छ।

न्याय परिषदले उमेर हदका कारण प्रधानन्यायाधीश पराजुलीलाई पदमुक्त गरेसँगै जोशीले कायममुकायमको जिम्मेवारी सम्हालेका हुन्।

 

यस्तै जोशीले बिहीबारको इजलास पनि तोक्नुभएको छ । न्यायपरिषदबाट बुधबार पदमुक्त भएका गोपालप्रसाद पराजुली भएपनि आफूले त्यो निर्णय नमान्ने पराजुलीले बताउँदै आएका छन्।

 


  •  
  •  
  •