अन्तत: गोपाल पराजुलीले दिए राजीनामा

282
  •  
  •  
  •  

काठमाडौं, १ चैत (ओएनएस): लामो विवादपछि अन्तत: गोपाल पराजुलीले बिहीबार प्रधानन्यायाधीश पदबाट राजीनामा दिएका छन्।

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई पदबाट राजीनामा गरेकाे पत्र पराजुली बुझाएका छन्। पराजुली बुझाएर अपराह्न शीतल निवासबाट बाहिरिएका थिए।

राष्ट्रपति कार्यालय स्रोत अनुसार, राष्ट्रपति भण्डारीले सुरक्षित तथा कानूनी अवतरणको बाटो रोज्न आज बिहान दिएको सुझावपछि उनले राजीनामा बुझाएका हुन्।

उमेर हदका कारण प्रधानन्यायाधीशका रुपमा पराजुलीको पदावधि गत साउन २१ मै सकिएको भन्दै न्याय परिषद् सचिवालयले त्यसपछिको पदावधि अवैध भएको ठहरसहित बुधबार उनलाई अवकाश पत्र पठाएको थियो।


  •  
  •  
  •