प्याराग्लाइडिङ कम्पनीले महानगरपालिकालाई कर तिर्ने

दिनहुँ दुर्घटनापछि प्राधिकरणले रोक्यो सोलो उडान
231
  •  
  •  
  •  

पोखरा, २२ फागुन(ओएनएस) : प्याराग्लाइडिङ कम्पनीहरुले पोखरा महानगरपालिकालाई कर तिर्ने सहमत भएको छ ।
महानगरपालिकाले विगत चार वर्षदेखि प्याराग्लाइडिङ कम्पनीहरुले कर नतिरेको भन्दै आजदेखि बन्द गर्ने निर्णय गरेको थियो ।

फाइल तस्बिर

कर तिर्ने सहमतिसँग प्याराग्लाइडिङ उडानमा अवरोध नहुने भएको छ । पोखरा महानगरपालिका र हवाई खेलकुद संस्था, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघको संयुक्त प्रयासपछि व्यवसायीहरुले एक साताभित्रै एकैपटक चार वर्षको कर बुझाउन तयार भएका हुन् ।
आर्थिक वर्ष २०७२/०७३ देखि प्याराग्लाइडिङ कम्पनीहरुले महानगरले तोकेको ८६ हजार रुपैयाँ कर नबुझाएको राजश्व शाखाका रोम उपाध्यायले जानकारी दिए ।

अहिलेसम्म एउटा मात्र कम्पनी महानगरमा दर्ता छ । महानगरले आर्थिक वर्ष २०७२/०७३ र २०७३/०७४ मा ५ हजार ५ सयका दरले कर तोकेको थियो भने २०७४/०७५ मा ५० हजार तथा २०७५/०७६ मा २५ हजार रुपैयाँ शुल्क तोकेको थियो । एक सातासम्म पनि कर नतिरे प्याराग्लाईडिङ बन्द गराउने महानगरले जनाएको छ ।

उता नागरिक उड्ययन प्राधिकरण पोखराले भने दिनहुँ दुर्घटना भएपछि सोलो उडानमा रोक लगाएको छ । अर्को सूचना जारी नहुँदासम्म सोलो उडान रोकिएको प्राधिकरण पोखराले बताएको छ ।


  •  
  •  
  •