सेती अञ्चल अस्पतालमा तिम्ल्याहा बच्चा जन्मिए

1506
  •  
  •  
  •  

धनगढी ,१२,पुस : डोटीको जोरायल गाउँपालिका ४ कि तारा साउदले तीन छोरीलाई जन्म दिएकी छन् ।

मंगलबार सेती अञ्चल अस्पतालमा शल्यक्रिया गरी तिम्ल्याहा बच्चा झिकीएको हो । गर्भवती महिलाको डाक्टरहरु खगेन्द्र भट्ट, प्रतिक्षा सिह राठौर, नजम सुब्बा अन्सारी, नारायण पौडेल , कपिल गौतम र बालरोग विषेशज्ञ डाक्टर प्रदीप मिश्रको टीमले शल्यक्रिया गरेका थिए ।

तीन वटै बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको चिकित्सकले बताए । बच्चाहरुको नाम स्वास्थ्यकर्मीले जंगा, जमुना र सरस्वती राखिदिएको बाबु पुरन साउदले बताए । साउदकी यस अघिकी दुई वर्षकी छोरी थिइन ।

चिकित्सकको सल्लाहमा शल्यक्रिया गरिएको साउदले बताए ।
अाजकाे अन्नपूर्ण पाेष्टबाट


  •  
  •  
  •