हुडहुडको प्रभावले मुलुकभर वर्षा

122
  •  
  •  
  •  

काठमाडौं, २८ असोज (ओएनएस) : पूर्वी बङ्गालको खाडीबाट फैलिएको हुदहुद नामको सामुद्रिक आँधीका कारण मौसम बदली भई देशभर पानी परेको छ ।  भारतको आन्ध्र प्रदेश हुँदै पश्चिम उत्तरतर्फ बढिरहेकाले त्यसको प्रभावस्वरूप मुलुकभर वर्षा भएको र बिहीबारदेखि मौसममा पूर्णरूपमा सुधार आउने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार सामुद्रिक आँधी भारतको छत्तिसगणको बाँटो हुँदै पश्चिम उत्तर प्रदेशसम्म आइपुग्दैछ, त्यो उत्तरप्रदेश आइपुग्दा नेपालको नजिक पर्ने भएकाले मध्य र पश्चिमी भेगमा भारी वर्षा हुनुको साथै देशभर बदलिहुनेछ ।  विभागका अनुसार दुई दिनको पानीले तापक्रम ह्वात्तै घटेकाले बिहीबारदेखि उपत्यकासहित देशभर चिसो सुरु भई जाडो बढ्ने छ ।


  •  
  •  
  •