‘पानीको फोका–२’ तिमी आउन सक्छौँ’ सार्वजनिक(भिडियोसहित)

105
  •  
  •  
  •  

काठमाडौं । गायिका रजिना रिमालको नयाँ गीत ‘पानीको फोका २’ सार्वजनिक भएको छ । तिमी आउन सक्छौ बोलको गीतमा शब्द रचना डा.राजुबाबु श्रेष्ठको छ ।

संगीत हरि लम्सालले गरेको गीतमा विछोड पछि प्रेमिकाले गरेको आत्मलाप सुन्न सकिन्छ । भइसकेका गल्तिहरुलाई विर्सिएर नयाँ जीवन सुरु गर्न प्रेमिकाले गरेको आग्रहको सेरोफेरोमा केन्द्रित गीत केही वर्ष अगाडि लोकप्रिय भएको गीत पानीको फोका–२ का रुपमा बजारमा ल्याइएको संगीतकार हरि लम्सालले जानकारी दिए ।

गीतको भिडियोमा रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईलाई अन स्क्रिन जोडीका रुपमा देख्न सकिन्छ । बुद्ध थापाले खिचेको भिडियो सम्पादन विष्णु खड्काले गरेका छन् ।

भिडियो निर्देशन पनि लक्ष्मी र जीवनले नै गरेका हुन् । गीत युट्युब च्यानल १२ नोट्समार्फत सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् भिडियो

 


  •  
  •  
  •