जारको पानीको मूल्य नबढाउने सहमति

98
  •  
  •  
  •  

काठमाडौं । सरकार र व्यवसायीबीच तत्काल जारको पानीको मूल्य नबढाउने सहमति भएको छ ।

व्यवसायीले आफूखुशी पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेर बढेको मूल्य फिर्ता गरी तत्काल नबढाउने सहमति गरेको हो ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार व्यवसायीले बढेको मूल्य तत्काल फिर्ता गरी सार्वजनिक सूचना जारी गर्ने सहमति भएको छ । यसअघि नेपाल बोटल वाटर उद्योग सङ्घले असोज १८ गतेदेखि जारको पानीको मूल्य बढाउने निर्णय गरेको थियो ।


  •  
  •  
  •