मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

267
  •  
  •  
  •  

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही अपरान्हपछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको उत्तर प्रदेश, पश्चिम बंगाल, विहारमा बनेको न्यूनचापीय क्षेत्र तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावासँगै स्थानीय वायुको प्रभावले बुधबार देशका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको छ ।
मौसमविद् गंगा नगरकोटीले पश्चिमको तुलनामा मध्य र पूर्वको धेरै ठाउँमा पानी पर्ने बताइन् ।

अहिले प्रिमनसुनी गतिविधि सक्रिय देखिएकाले अबको तीन दिन बिहान मौसम खुलेपनि दिउँसोपछि बदली भएर बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको छ । पानी परेपछि देशभरी नै अधिकतम तापक्रम घटेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

जारी मिति : जेष्ठ २२  गते (बुधबार): बिहान ६:०० बजे

 जेष्ठ २२   गते (बुधबार):

दिउँसो: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक दुइ स्थानमा  मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेष्ठ २३   गते (बिहिबार):

दिउँसो: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थान र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशका पहाडी भेगका अधिकांश स्थानहरूमा आंशिक वदली रही थोरै स्थानहरुमा  मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेष्ठ २४ गते (शुक्रबार):

दिउँसो: देशका पूर्वी भूभागमा सामान्य वदली रहने तथा मध्य र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी भूभागमा सामान्य वदली रहने तथा मध्य र पश्चिमी पहाडी भू भागका स्थानहरूमा आंशिक वदली रही मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक दुइ स्थानमा  मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

 


  •  
  •  
  •