पञ्चेश्वर आयोजना विषयमा नेपाल भारत बैठक सोमवारदेखि

337
  •  
  •  
  •  

काठमाडौं, ६ असोज (ओएनएस) :  पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउन नेपाल र भारतबीच सोमबारदेखि बैठक हुने भएको छ । दुइ दिने बैठक हुने बैठकमा सहभागी हुन भारतीय जलस्रोत सचिव सन्तोषकुमार गंगावरको नेतृत्वमा ११ सदस्यीय टोली नेपाल आएका छन् । पञ्चेश्वर आयोजना अघि बढाउन दुई देशको अधिकारीविच १० बर्षपछि वार्ता हुन लागेको हो ।

यसअघि सन् २००४ पछि पञ्चेश्वर आयोजना बघि बढाउने एजेन्डामा छलफल भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डेढ महिना अघि नेपाल भ्रमण गर्ने क्रममा दुई देशवीच पञ्चेश्वरप्राधिकरणको संयुक्त कार्यालय खोल्ने सम्वन्धी कार्यादेश (टीओआर) सम्वन्धमा सम्झौता भएपछी आयोजना अघि बढाउन दुई ेदहविच पुन बैठक हुन लागेको हो । उनले भ्रमणका क्रममा पञ्चेश्वर आयोजना छिट्टै कार्यान्वयनमा लाने घोषणासमेत गरेका थिए ।


  •  
  •  
  •