खुल्ने भयो पञ्चेश्वर

194
  •  
  •  
  •  

रक्षा रेग्मी

काठमाडौं, ८ असोज (ओएनएस) ः  नेपालले विगत १८ बर्षदेखि प्रतिक्षा गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि पञ्चेश्वर विकास प्राधिकरणको विधानमा हस्ताक्षर भएको छ । मंगलवार उर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री र भारतीय जलस्रोत सचिव आलोक रावतले विधानमा हस्ताक्षर गरे । ‘विधान मंगलवारदेखि कार्यन्यनमा आउने छ’ हस्ताक्षरपछी उर्जासचिव क्षेत्रीले भने ।

विधानअनुसार पञ्चेश्वर विकास प्राधिकरणलाइ सञ्चालक बोर्ड (गर्भनिङ बडी ) र कार्यकारी समिति (एक्जुकेटीभ कमिटी) गरी दुइ ओटा समितिमार्फत सञ्चालन गरिने छ । सञ्चालक समितिको बोर्डमा नेपालका उर्जा सचिव र भारतका जलस्रोत सचिव सहअध्यक्ष रहने भएका छन् ।

त्यस्तै परराष्ट्र मन्त्रालय, सिँचाइ मन्त्रालय,विद्युत विकास विभाग र विद्युत र विद्युत प्राधिकरणका प्रतिनिधि सदस्यमा रहनेछन् ।

कार्यकारी समितिका प्रमुख कार्यकारी अधिकृत (सीइओ) र एडिशनल सीईओ पनि बोर्ड सदस्य हुनेछन् । यस बोर्डले प्राधिकरण सञ्चालनका लागि नीतिगत निणर्यहरु गर्ने बताइएको ।

पञ्चेश्वर विकास प्राधिकरण (पीडीए) को सञ्चालक समिति गर्भनिङ काउन्सिलको बैठकले यसको विधान पारित गर्ने र अरु प्रक्रिया क्रमशः गर्दै जाने निणर्य गरको छ । प्रमुख कार्यकारी अधिकृतको नियुक्ती खुल्ला प्रतिष्पर्धाबाट हुने छ ।
पहिलो ३ बर्षका लागि नेपालले सीइओ र भारतले एडिशनल सिइओ प्राधिकरणको कार्यकारी समितिमा नियुक्त गर्ने व्यवस्थामा सहमति बनेको छ ।
पञ्चेश्वर विकास प्राधिकरणको मूख्य कार्यलय महेन्द्रनगरमा रहने सहमति भएको छ । तत्कालका लागि काठमाडौंमा राखिने निणर्य गरिएको छ । ।

अवको १ महिनापछि भारतको नयाँदिल्लीमा बैठक बस्ने बैठकले निणर्य गरेको छ । पहिला आयोजनास्थलका विषयमा विगतमा भएका अध्ययनलाई पुनरावलोकन गरिने छ । त्यसपछि

दुवै देशले आफ्नो तर्फबाट तयार गरेका विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) लाई समायोजन गर्दै ७ महिनाभित्र साझा डिपीआर तयार पार्ने घोषणा भएको बताइएको छ ।

आयोजनाबाट ६ हजार ४ सय ८० मेगावाट विजुली उत्पादन हुनेछ । यो आयोजनाबाट उत्पादित विद्युतको प्रतियुनिट लागत २ रुपैयाँ ९९ पैसा मात्र पर्छ । यसको लागत ३ खर्व ३६ अर्व रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाबाट नेपाललाई बार्षिक ३४ अर्व ५० करोड आम्दानी हुने बताइएको छ ।

नेपालले विगत १८बर्षदेखि प्रतिक्षा गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विधान पारित गर्ने सम्झौता भएको छ ।

पञ्चेश्वर विकास प्राधिकरण (पीडीए) को सञ्चालक समिति गर्भनिङ काउन्सिल को बैठकले यसको विधान पारित गर्ने र अरु प्रक्रिया क्रमशः गर्दै जाने निणर्य गरको छ । नेपालको प्रमेख कार्यकारी अधिकृत रहनेछन् ।

त्यस्तै सहायक कार्यकारी अधिकृत भारतको रहने छ । प्रमुख कार्यकारी अधिकृतको नियुक्ती खुल्ला प्रतिष्पर्धाबाट हुने छ ।

पञ्चेश्वर विकास प्राधिकरणको आयोजना नेपाल र भारतको साझा आयोजना हो ।  आयोजनामा सुरुमा ेनपालको तर्फबाट । आयोजनामा ६ जना कार्यकारी निर्देशक रहने छन् ।

आयोजनाको हेडक्वाटर महेन्द्रनगरमा रहने छ । हाललाइ काठमाडौमा कार्यलय राखिने । पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर)  भारतको जलस्रोत मन्त्रालय र नेपालको उर्जा मन्त्रालय सदस्य रहने छन् ।

आयोजनाबाट ६ हजार ४ सय ८० मेगावाट विजुली उत्पादन हुनेछ ।

यो आयोजनाबाट उत्पादित विद्युतको प्रतियुनिट लागत २ रुपैयाँ ९९ पैसा मात्र पर्छ । यसको लागत ३ खर्व ३६ अर्व रुपैयाँ लाग्ने बताइएको छ ।

आयोजनाबाट नेपाललाई बार्षिक ३४ अर्व ५० करोड आम्दानी हुने बताइएके छ ।  नेपालका उर्जा सचिव राजेन्दैकिशोर श्रेत्री र भारतीय जलस्रोत सचिव आलोक रावतले हस्ताक्षर गरे ।


  •  
  •  
  •