सडकमै पञ्चायन पूजा गर्दै संविधान बनाउन दबाब

144
  •  
  •  
  •  

रुपन्देही २३ पुस (ओएनएस) : संविधान जारी गर्न दबाब स्वरुप बुटवलमको सडकमै पञ्चायन पूजा गरिएको छ ।

बर्दियाका राकेश कुमार शर्माले बुटवलको राजमार्ग चौराहामा पञ्चायन पूजा गरेका हुन । शर्माले  माघ ८ मै संविधान वनाउन भन्दै मुलुकका ९ स्थानमा पञ्चायन पूजा गरिसकेको भन्दै अब अर्घाखाचीमा पूजा गर्ने बताए । अर्घाखाचीमा पूजा गरेपछि पञ्चायन पूजाको अभियान सकिने उनले बताए ।

माघ ८ मा सभासदहरुले संविधान जारी नगरे आफ्नो तर्फबाट संविधान जारी गर्ने तयारीमा जुटेको समेत उनले बताए । पूजा स्थलमा पत्रकार, प्रहरी तथा सर्वसाधारणहरुको पनि उपस्थीति रहेको थियो । बुटवलमा बासिन्दा शंकरप्रसाद पराजुरीलाई पण्डित राखेर पुजा गरेका उनले दोश्रो संविधान सभालाई पनि भत्ता खाने थलो बनाउन नहुनेमा जोड दिए ।

अघिल्लो संविधान सभाबाट संविधान वन्न नसक्दा सभासदहरुको किरिया गर्दै श्राद्ध समेत गर्दै हिडेका शर्माले यस पटक माघ ८ मा संविधान जारी नभए माघ २० मा सभासदहरुको मृत्यु भएको १३ औं दिन पुग्ने भन्दै १३ औं दिनको पुन्य तिथि गर्ने बताएका छन् ।


  •  
  •  
  •