भागबन्डाले पार्टी एकतालाई असर पार्दैन : प्रवक्ता भुसाल

242
  •  
  •  
  •  

भक्तपुर १९ पुस (ओएनएस): नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पदिय भागबन्डाले पार्टी एकिकरणलाई कुनै असर नपार्ने बताएकी छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले दुई अध्यक्षबीच भएको सहमती र पार्टी एकता संयोजन संवाद अनुरुप नै पार्टी एकिकरण छिट्टै हुने बताएकी छन् ।  एमाले र माओवादी केन्द्र बीचको पार्टी एकिकरण पश्चात कसले सरकारको नेतृत्व गर्ने भन्ने बिषय गौण भएकाे भन्दै पार्टी एकिकरण पश्चात सबै समस्या हल हुने बताएकी छन् ।
उनले पहिलो पटक बाम गठबन्धनले बहुमतको सरकार निर्माण गर्न थालेको र सरकार निर्माण पश्चात जनतामाझ जाँदा घोषणा पत्रलाई आधार मानेर काम गर्दै जाने  र देशलाई आर्थिक समृद्धितर्फ लाँदै स्वदेशमै रोजगारको श्रृजना गरि दक्ष जनशक्ति बिदेश पलायन हुनबाट रोक्ने  दाबी गरिन्  ।

केपी शर्मा ओलीको स्वास्थ्यमा देखिएको गडबडीका कारण पार्टी एकिकरण बिषयमा केन्द्रित हुन नसकेकाे भए पनि ओली र दाहालबीच बिगत देखिनै पार्टी एकिकरणबारे निरन्तर छलफल भइरहेकाले स्वास्थ्यमा सुधार भएसँगै पार्टी एकिकरण प्रकृया अघि बढ्ने जानकारी दिएकी छिन् ।देउवा सरकारले जनमतको ख्याल नगरि पराजय पश्चात सत्तामा बसेर गरेका निर्णयहरु नयाँ सरकारलाई मान्य नहुने भन्दै नैतिकताको आधारमा यो सरकारले सत्ता छाड्नु पर्नेमा जोड दिएकी छन् ।

नयाँ सरकार गठनमा देखिएको बिभिन्न आलाटालीमा एकपछि अर्को संस्था लागि परेको भन्दै, नयाँ सरकार निर्माणमा वर्तमान देउवा सरकार बाधक नबनि बाटो खोल्न समेत अाग्रह गरेकी छन् । बिभिन्न बहानामा सरकारले राष्ट्रियसभाको निर्वाचन ढिला गरि आफ्नो आयु लम्बाउन खोजेको आरोप लगाउँदै यथाशिघ्र राष्ट्रियसभाको निर्वाचन गरि नयाँ सरकार गठनको प्रक्रियालाई सहज पार्नु पर्नेमा जोड दिएकी छन् ।


  •  
  •  
  •