नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध

88
  •  
  •  
  •  

काठमाडौं, चैत २८(ओएनएस) : नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध लगाइएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको विशेष पहलमा बिहीबारदेखि सबै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पब्जी खेल बन्द गर्न निर्देशन दिइएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार बालबालिकामा त्यसबाट एकोहोरो लत बस्दै नकारात्मक असर देखिनेलगायतका विभिन्न समस्या बढेको गुनासो बढेसँगै पब्जी खेल बन्द गर्न लगाइएको हो ।  यो इन्टरनेटमा खेलिने भिडियो खेल हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ‘ब्लूहोल’ मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।


  •  
  •  
  •