‘पाल्पा–नुवाकोट पुस्तक’ लोकापर्ण

86
  •  
  •  
  •  

रुपन्देही । पाल्पा–नुवाकोट पुस्तकको लोकापर्ण गरिएको छ । नुवाकोट विकास समितिको आयोजना बुटवलमा भएको कार्यक्रमा उक्त पुस्तकको नेकपाका महासचिव विष्णु पौडेलले लोकापर्ण गरेका हुन् ।

निर्मल श्रेष्ठले लेखेको उक्त पुस्तकमा नुवाकोटको ऐतिहासिक एवं पाल्पाको प्राचित चिनारीलाई समावेश गरिएको छ ।
लोकापर्ण कार्यक्रममा बोल्दै महासचिव पौडेलले नुवाकोट र जितगढिको धेरै महत्व रहेको बताए । उनले स्वतन्त्र, सारभौमता र पुर्खाले गरेको विरगाधाको महत्व नुवाकोट र जितगढिमा रहेको बताए ।

पौडेलले नुवाकोट गढिले विरताको, स्वधानिताको गहकिलो पाठ अहिले सिकाएको बताए । उनले नुवाकोट र जितगढिका बारेमा अहिले बाहिर आएका तथ्य कम भएको भन्दै ईतिहासको अकट्य तथ्य बाहिर ल्याउन अझै जरुरी रहेको बताए ।

पुस्तकका लेखक निर्मल श्रेष्ठले विर पुर्खाले जोगाएको ऐतिहासिक महत्वको बारेमा लेख्नु पाउनु सौभाग्य भएको भन्दै अझै २ वटा ऐतिहासिक पुस्तक प्रकाशनको तयारीमा रहेको बताए । उक्त पुस्तकको प्रा. डा. सुर्य बहादुर जि.सी र प्रगतिशिल लेखक संघ रुपन्देहीका अध्यक्ष दल बहादुर गुरुङले टिप्पणी समेत गरेका थिए ।

पुस्तक माथी टिप्पणी गर्दै प्रगतिशिल लेखक संघका अध्यक्ष गुरुङले उक्त पुस्तकका नुवाकोट ईतिहासका लागि दस्तावेज बन्न सक्ने बताए । अर्का टिप्पणीकार प्रा. डा. सुर्य बहादुर जि.सीले ऐतिहास धेरै विषयबस्तुलाई पुस्तकमा समेटेको बताए ।

कार्यक्रममा बोल्दै नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले नुवाकोटको समग्र विकासको थालनी भएको बताए । कार्यक्रम पत्रकार डि.आर घिमिरेको सञ्चालन गरेका थिए ।


  •  
  •  
  •