गुल्मी र पाल्पा दशौं दिन पनि बन्द, जनजीवन कष्टकर बन्दै

106
  •  
  •  
  •  

काठमाडौँ, २४ मंसिर (ओएनएस) : ५ नम्बर प्रदेश टुक्र्याउने गरी आएको संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै गुल्मी र पाल्पा शुक्रबार दशौं दिन पनि बन्द छन् ।

गुल्मीको आन्दोलनमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित सत्तारुढ दलहरु माओवादी केन्द्र र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता पनि सहभागी छन् ।
१० दिनको लामो बन्दले गुल्मीको जनजीवन कष्टकर बन्दै गएको छ ।
बन्दका कारण जिल्लाका सम्पूर्ण बजार, उद्योग तथा कलकारखानालगायत यातायात सेवा ठप्प छन् । यद्यपी, विद्यालय भने सञ्चालनमा छन् ।

यस्तै पाल्पामा भने सत्तारुढ दलहरु माओवादी केन्द्र र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता आन्दोलनमा सहभागी छैनन् ।

पाल्पामा पनि ठूलो संख्यामा स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । लगातारको बन्दले नजीवन प्रभावित भएको छ । बन्दकर्ताहरु बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिँदै आएका छन् ।


  •  
  •  
  •