काठमाडौं । पाल्पामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरिएको छ। जिल्ला प्रशासन कार्यालय पाल्पाले मंगलबार तानसेन नगरपालिका-४ सिल्खानटोलका १९ वर्षीय फेलिक्स बज्राचार्यलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बज्राचार्यलाई नागरिकता प्रदान गरे। बज्राचार्य विगत १८ वर्षदेखि आमा फ्रेडीरिके बुर्केट र बुवा सुमेध रत्न बज्राचार्यसँग जर्मनको कोनिगस्विन्टरामा बस्दै आएका छन्।
नेपाल नागरिकता तेस्रो संशोधन नियमावली, २०८० को अनुसूची ८ को ‘ग’ अन्तर्गत नागरिकता ऐन, २०६३ को दफा ७ क बमोजिम शर्त तथा अवस्था पूरा गरेकाले बज्राचार्यलाई नागरिकता प्रदान गरिएको हो।